
काठमाडौं, । नेपाल पत्रकार महासङ्घको निर्वाचन आज हुँदैछ। आगामी तीन वर्षका लागि नेतृत्व चयन गर्नका लागि प्रतिस्पर्धा चर्किएको छ।
निर्वाचनमा प्रमुख पदका लागि निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा बीच प्रतिस्पर्धा देखिएको छ। शर्माले प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेदवारी दिएकी छन् भने विष्टले प्रेस सेन्टर र समाजवादी प्रेस संगठनका समूहबाट उम्मेदवारी दिएका छन्। सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा उत्रिएका छन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्षका लागि दीपक आचार्य र रोशन पुरी बीच प्रतिस्पर्धा हुनेछ। आचार्यले युनियन र चौतारीको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका छन् भने पुरीले प्रेस सेन्टर र समाजवादी प्रेसको समूहबाट उम्मेदवारी जनाएका छन्।
महिला उपाध्यक्षका लागि नीत पौडेल र गंगा बराल पौडेल प्रतिस्पर्धा गर्दैछन् भने समावेशी उपाध्यक्ष पदका लागि उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह मुख्य प्रतिस्पर्धीका रूपमा प्रस्तुत भएका छन्।
महासचिव पदका लागि रामप्रसाद दाहाल, लेखनाथ न्यौपाने र जन्मदेव जैसीबीच प्रतिस्पर्धा देखिएको छ। दाहाल युनियन र चौतारीको प्यानलबाट उम्मेदवार छन् भने न्यौपाने प्रेस सेन्टर र समाजवादी समूहबाट र जोशी स्वतन्त्र उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्।
निर्वाचन प्रक्रिया आज सम्पन्न हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे