
काठमाण्डौ। नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भर्चुअल माध्यमबाट विश्वभर रहेका सबै नेपाली मिसनका प्रमुखलाई सम्बोधन गर्दै नेपालको राष्ट्रिय स्वार्थको रक्षा, सम्मान र नेपाली समुदायको अधिकतम हित प्रवर्धनमा लाग्न निर्देशन दिनुभएको छ।
मन्त्री देउवाले विदेशस्थित नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, तिनका हितको रक्षा गर्न, आवश्यकतामा ध्यान दिन र नेपाली डायस्पोराका समस्या तथा गुनासाहरूबारे सहज उपलब्ध हुने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ।
उहाँले नेपाली कूटनीतिको प्रभावकारिता नेपाली मिसनको क्षमतामा निर्भर हुने भएकाले त्यसमा ध्यान दिएर काम गर्न र विशेष गरी हाल नेपालका लागि अत्यन्त जरुरी देखिएको आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे