• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१ घण्टा अघि
२

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

२ घण्टा अघि
३

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

३ घण्टा अघि
४

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

४ घण्टा अघि
५

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

४ घण्टा अघि
६

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

४ घण्टा अघि
७

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

४ घण्टा अघि
८

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

४ घण्टा अघि
९

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

४ घण्टा अघि
१०

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

५ घण्टा अघि
११

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

५ घण्टा अघि
१२

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०७९ भाद्र १७, शुक्रबार (३ साल अघि)

एक लाख बिरामीलाई बेहोस बनाउने डाक्टर

  • 2,054 Views
  • चितवन ,१७ भाद्र । शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन्। शल्यक्रिया गर्नुअघि बेहोस बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन्। उनीहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन।

    जिल्लामा कुनै बेला सर्जनले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो। त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सिलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो। त्यस्तै एक जना महत्वपूर्ण पात्र डा विजयराज न्यौपाने हुन्।

    रत्ननगर नगरपालिका–१२ जयमङ्गलामा जन्मिएका न्यौपाने जिल्लामै जन्मिएका दोस्रो चिकित्सक हुन्। त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिकित्सक हुन्। जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उनी हुन्। विसं २०१७ पुस २३ गते जन्मिएका डा न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गरे। त्यसपछिको शिक्षा नेपाल माविबाट भयो। त्यहीँबाट उनले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गरे। जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा न्यौपाने एक थिए।

    त्यसपछिको हेल्थअशिष्टेन चिकित्साशास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट विसं २०३७ मा उत्तीर्ण गरी यसपछिको छ वर्ष चितवन, नवलपरासी र पर्सामा विभिन्न स्वास्थ्य संस्थामा सेवा गरे। विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उनी त्यहाँको (एमडी)यहाँको एमबिबिएस सरह० अध्ययनका लागि गए। विसं २०५० मा एमडी (यहाँको एमबिबिएस सरह)को चिकित्सक भई उनले चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाए। न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरे।

    विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सेवा सुरु गरे। त्यसपछि उनले विसं २०५७ मा विपी कोइराला इन्स्च्यिुट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए। विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उनको जीवन क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो।

    दिनको समयमा क्यान्सर अस्पताल र साँझ बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उनी लागिरहे। उनी भन्छन्, ‘भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो।’ अहिलेसम्म झण्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उनले थपे, ‘धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु।’ त्यतिबेला साना साना शल्यक्रियाका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो। न्यौपानेसँगै चिकित्सक थपिँदै जाँदा सबैखालका शल्यक्रिया यहीँ हुने गर्दछ।

    कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिष्ट हुने गर्दछ। त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अङ्ग बेहोस बनाउनुपर्ने हुन्छ। यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्यरुपमा नदेखिएर पर्दाभित्रको हिरोको रुपमा चित्रण गर्न सकिन्छ।

    दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उनीसँग अनुभव छ। विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा न्यौपानेले विगतलाई सम्झँदै भने, ‘शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिष्टको सङ्ख्या कम हुनुको करणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो, मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो।’ जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उनले काम गरेको अनुभव छ।

    भरतपुर अस्पताल, दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिष्ट अभावमा त्यहाँको सेवा अवरुद्ध नहोस भनेर उनले स्वयमंसेवी सेवा गरेका छन्। पछिल्ला दिनमा एनेस्थेसियोलोजिष्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उनी बताउन्छन्। अहिले जिल्लामा यो सङ्ख्या ४० हाराहारी पुगेको छ।

    विसंं २०१२ मा लमजुङको दूराडाँडाबाट हजुरबुबासँगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन झरेपछि उनको बसाई रत्ननगरमा भयो। उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन सङ्घ, नेपाल रेडक्रसलगायत सामाजिक क्षेत्रमा बुबाको योगदानका कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ। उनले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गरेका छन्।

    नेपाल चिकित्सक सङ्घका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एशोसिएशन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहेका उनले विभिन्न सामाजिक सङ्घसंस्थामा सेवा पुर्‍याउँदै आएका छन्।

    उनले आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई आफैँले पढेको विषयमा पढाएर आफ्नै विभागमा अनुभवलाई आदान प्रदान गर्दै आएका छन्। न्यौपानेका दुई छोरा चिकित्सक छन्। क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका न्यौपाने हाल नारायणी सामुदायिक अस्पताल र कालीगण्डकी अस्पताल कावासोतीमा कार्यरत छन्। नारायणी सामुदायिक अस्पतालको उनी पूर्वअध्यक्ष हुन् भने कालीगण्डकीको हालको कार्यकारी अध्यक्ष छन्। उनले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान दिए।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    १ घण्टा अघि

  • २

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    २ घण्टा अघि

  • ३

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    ३ घण्टा अघि

  • ४

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ४ घण्टा अघि

  • ५

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    ४ घण्टा अघि

  • ६

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    ४ घण्टा अघि

  • ७

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    ४ घण्टा अघि

  • ८

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    ४ घण्टा अघि

  • ९

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    ४ घण्टा अघि

  • १०

    इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution