
काठमाडौँ, १३ असार । ३० दिनभित्र सहकारी संस्थाको सम्पुर्ण विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै सहकारीको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो ।
पछिल्लो समय सहकारीभित्र संकट चुलिएको छ । महानगरभित्रका सहकारीहरुले साधारण सभाबारे कुनै पनि जानकारी नगराएको विभागले महानगरको सहकारी विभागले जनाएको छ । सुचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐन अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे