
काठमाडौँ, २८ फागुन । ओखलढुंगाको रुम्जटारबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ ।
बा २ ख ६५९६ नम्बरको बस मध्यपहाडी राजमार्गको फिक्कल गाँउपालिका– ४ कुइभिर भन्ने स्थानको भित्तामा ठोक्किँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । घाईतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेकाले उनीहरुलाई हेलिकोप्टर मार्फत काठमाडौं पठाउने तयारीमा छ । दुर्घटनामा २९ जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारीले जनाएको दिए ।
बसमा चालक सहित ३५ जना सवार थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे