
काठमाडौँ । जेनजीका अगुवा सुदन गुरुङले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राजनीतिक एकताबाट अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको बताएका छन्। वर्तमान राजनीतिक संकटको निर्णायक घडीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच एकता बनेको अवस्थामा पनि कुलमान घिसिङ अलग देखिनुले जनतामा निराशा पैदा गरेको उनको भनाइ छ।
गुरुङले यो समय अवसर नभई गम्भीर परिस्थिति भएको उल्लेख गर्दै सबै प्रमुख परिवर्तनकामी शक्तिहरू एकजुट भएर उभिनुपर्ने अपेक्षा जनताले गरेको बताए। कसैलाई कुनै पक्ष लिन बाध्य पार्ने उद्देश्य नरहेको स्पष्ट पार्दै उनले यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग रहनु दुःखद भएको बताए। अलग राखिएको हो वा अलग रहन खोजिएको हो भन्ने विषय समयले स्पष्ट गर्ने उनले उल्लेख गरे।
उनले सरोकारवाला सबै शक्तिहरूलाई विनम्र आग्रह गर्दै देशलाई विभाजन होइन, एकता आवश्यक रहेको बताए। बाँकी रहेका राजनीतिक स्तम्भहरूलाई साँच्चिकै एकताबद्ध गर्न चाहिएको हो कि केवल भ्रम सिर्जना भइरहेको हो भन्ने स्पष्ट प्रश्न उठाउँदै गुरुङले अन्त्यमा भने, “जेनजीले सबै कुरा नियालेर हेरिरहेको छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे