
काठमाडौँ, चैत ६ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिउँसो २ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो ।
गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे