
काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज शुक्रबार दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि आजै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये तीन हजार ८९ जना पुरुष, ३९६ जना महिला र एक जना अन्य रहेका छन्। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे