
काठमाडौं, चैत ५ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चैत ३ गतेमा सम्पन्न उपराष्ट्रपतिको मत परिणामसहितको प्रतिवेदन पेस गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गरे।उपराष्ट्रपति रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए ।
राष्ट्रपति पौडेलले सबै निर्वाचन निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे