
काठमाडौं । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूलाई बैठकमा बोलाएको छ। आयोगले केही दिनअघि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो। तर, त्यसअघि दलहरूसँग कुनै परामर्श नगरी कार्यतालिका सार्वजनिक गरिएको भन्दै सरकार र आयोग दुवैको आलोचना भइरहेको थियो।
अहिले पनि ठूला दल — नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने निर्णय गरेका छैनन्। अब आयोगले असोज ३० गतेको बैठकमा सबै दलहरूसँग छलफल गरेर आगामी कदम तय गर्ने तयारी गरेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे