
काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आज फागुन १७ गतेदेखि आचारसंहिता लागू गरेको छ ।
आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनकालागि आज बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू गरेको हो ।
आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चार प्रतिष्ठान, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघसंस्थाले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।
सरकारले पनि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैन। यसअवधिमा कुनै पनि आयोजनाको शिलान्यास तथा उद्घाटन वा सर्भेलगायत काम गर्न रोक लगाइएको आयोगले जनाएको छ ।
आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रपति पदमा ८ दलिय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे