
काठमाडौँ , माघ २६ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं छन् । विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । हिजो बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त हुनु भएका थिए ।
नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेको छ ।नागरिक उन्मुक्तिले आफ्ना माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान दोहोर्याएको हो । नागरिक उन्मुक्तिले टीकापुर घटनाका दोषी रेशम चौधरी लगायत ६ नेताको रिहाइ मुख्य शर्त बनाएको छ ।
नागरिक उन्मुक्तिले विश्वासको मत दिन आनाकानी गरे पछि रावल नेतृत्वको सरकार संकटमा परेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे