
काठमाडौँ, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि सुरु भएको हो । बैठकमा पार्टीका सदस्य डा। मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
साथै बैठकमा समसामयिक राजनीतिक र राष्ट्रिय भेलाको तयारीका बारेमा पनि छलफल भइरहेको छ ।
बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका विषय रहेको रास्वपाका नेताहरूले बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे