
काठमाडौँ, ९ माघ । नाबालिग बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई नहुने भएको छ ।
पीडित नाबालिकाको वकिलले सुनुवाई स्थगीत गरेपछि आज सुनुवाई स्थगीत भएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैठौं नम्बरमा पेशी तोकिएको थियो ।
जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने विभिन्न १० वटा शर्तसहित जेलमुक्त भएका छन् ।
उच्च अदालतको आदेशसँगै उनी ९९ दिनपछि थुनामुक्त भएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे