काठमाडौँ, चैत १३ ।ब्रिटिस काउन्सील र क्याम्ब्रिज इन्टरनेसनल एजुकेसनको संयुक्त आयोजनामा द क्याम्ब्रिज लर्नर अर्वाड सम्पन्न भएको छ ।
मार्च २२ तरिकाका दिन बौद्ध अवस्थित हायात रेजेन्सीमा आयोजित उक्त अर्वाड सेरेमोनीमा नेपालका लागी बेलायती राजदुत रोब फेन त्यस्तै क्याम्ब्रिज विश्वविद्यालयका साउथ एसिया रिजनल डिरेक्टर महेश श्रीवास्तव, क्याम्ब्रिज इन्टरनेसनलका इस्ट इन्डिया, बंगलादेश तथा नेपाल, सिनियर म्यानेजर, सत्यजित सरकार, ब्रिटिस काउन्सिलका रिजनल इक्जाम डिरेक्टर साउथ एसिया, हारिट ग्राडनर, ब्रिटिस काउन्सील नेपालकी कन्ट्री इक्जाम डिरेक्टर प्रतिक्षा थापा रायमाझी, शिक्षा सम्बद्ध व्यक्तित्व तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
अवार्ड समारोहमा ब्रिटिस स्कुल, ट्रिनिटी इन्टरनेसनल कलेज, सेन्ट जेभियर्स कलेज, नामी कलेज, बुढानिलकण्ठ स्कुल, माल्पी इन्स्टिच्युट लगाएतका शैक्षिक संस्थाका विद्यार्थीहरुलाई, इन्फरमेसन टेक्नोलोजी, फयुचर म्याथम्याटीक्स, लिटरेचर इन इंग्लिस, इन्भारमेन्ट म्यानेजमेन्ट, जियोग्राफी सोसीयोलोजी, म्याथम्याटीक्स, फिजिक्स, केमेष्ट्री, बायोलोजी, साइकोलोजी लगाएतको विधामा विद्यार्थीहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा , ब्रिटिस काउन्सिलका रिजनल इक्जाम डिरेक्टर साउथ एसिया, हारिट ग्राडनरले नेपाल तथा अन्य देशहरुमा रहेका आफनो पार्टनस संघ संस्थाहरुमा क्याम्ब्रिज इन्टरनेसनल एजुकेसनले गुणस्तरीय सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको धारणा व्यक्त गर्दै आगामी दिनहरुमा पनि आफनो सेवा सुविधालाई थप गुणस्तरीय बनाउदै साझेदारी संस्थाहरुसँग आपसी सद्धभाव कायम राख्ने धारणा व्यक्त गर्नु भयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे