
काठमाडौं, ६ भाद्र ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे