
चितवन, २ माघ। त्रिशूली नदीमा खसेको बोलेरो जीप नदीबाट बाहिर निकालिएको छ ।
प्रहरीका अनुसार बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो त्रिशूली नदीबाट बाहिर निकालिएको हो ।
उक्त बोलेरोका चालक भने सकुशल रहेको बताएको छ।
बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।
चितवनका प्रहरीका अनुसार आज बिहान ४ः४० मा त्रिशुली नदीको ३ नम्बर पुलमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटनामा कुनैपनि मानवीय क्षति भएको छैन।
जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे