
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे परेको जानकारी दिएको छ। समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दान, धनतेरस र धनत्रयोदशी मनाइनेछन्।
कात्तिक २ गते काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते बिहान नरक स्नान, कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा हुनेछन्। यसै दिन दीपमालिका पनि गरिनेछ। औंसी तिथि भएकाले लक्ष्मीपूजा सोमबार बेलुकी गर्नुपर्ने समितिले जनाएको छ।
कात्तिक ५ गते गाई, गोरु पूजा र आत्म (म्ह) पूजा गरिनेछ, जुन विशेष गरी नेवार समुदायले गर्ने परम्परा हो। यसै दिन नेपाल संवत् ११४६ सुरु हुनेछ। अन्तिममा, कात्तिक ६ गते बिहीबार भाइपूजा (किजापूजा) मनाइनेछ, जसको साइत मध्याह्नमा रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे