
काठमाडौँ, १५ भाद्र ।सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो ।
बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार सरकारले आगामी २८ असोजसम्म विलासिताका वस्तु आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि सरकारले विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो ।
अहिले चार किसिमका बाहेक ६ प्रकारका विलासिताका वस्तुका रूपमा हेरिएको खाद्यपदार्थलगायत सबै आयातको प्रतिबन्ध खुला गरिदिएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले कुर्कुरे, कुर्मुरे, लेजलगायत उत्पादनजन्य वस्तु चुरोट तथा सुर्तिजन्य वस्तु, हिरा, रंगीन टेलिभिजन (३२ इन्चमाथि), सबै प्रकारका खेलौना र तास आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।यो खबर आजको राजधानी दैनिकमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे