
काठमाडौं । आज संघीय संसदको राष्ट्रियसभा बैठक बस्ने भएको छ। बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ।
यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ।
बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा धारणा राख्नको लागि समय पाउने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे