
काठमाडौं, जेठ १२ । राष्ट्रपति कार्यालयले रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृहमन्त्रालय पठाइएको छ ।
‘‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानून, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुनबमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको छ ।’’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए ।
उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् ।
सरकारले रेशम चौधरीलाई आममाफी दिन लागेको विषय बाहिरिएपछि शुक्रबार शारदा पत्र लिएर शीतलनिवास पुगेकी थिइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे