
काठमाण्डौ। का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले आ.व. २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलसमक्ष पेश गरेको बताइएको छ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार, उक्त प्रतिवेदन २०८२ साल बैशाख २४ गते प्रस्तुत गरिएको हो। प्रतिवेदनमा चालू आर्थिक वर्षको मौद्रिक तथा वित्तीय परिदृश्य, आर्थिक वृद्धि, मुद्रास्फीति, बाह्य क्षेत्रको अवस्था, तथा आगामी बजेट निर्माणका सन्दर्भमा सुझावहरू समेटिएको उल्लेख गरिएको छ।
यस प्रतिवेदनमार्फत अर्थ मन्त्रालयलाई आगामी बजेट निर्माणका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे