
कैलाली। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कैलाली जिल्ला स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ। फागुन १५ गतेदेखि १७ गतेसम्म घोडाघोडी नगरपालिकामा सम्पन्न भएको उक्त प्रतियोगिता कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा तथा घोडाघोडी नगरपालिकाको सहआयोजनामा सञ्चालन गरिएको थियो।
प्रतियोगितामा विभिन्न विद्यालय तथा खेलकुद संस्थाहरूका खेलाडीहरू सहभागी भएका थिए। आयोजक समितिका अनुसार प्रतियोगिताले खेलाडीहरूको प्रतिभा अभिवृद्धि गर्नुका साथै विद्यालय तहका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न मद्दत पुगेको छ।
समापन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुद क्षेत्रका विज्ञ, प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कैलाली जिल्ला खेलकुद समितिका पदाधिकारीहरूले प्रतियोगिताले जिल्लाका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। आयोजक समितिले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई थप व्यवस्थित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे