
काठमाडौँ । किरात धर्मका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभरका किरात समुदायले विविध कार्यक्रम गरी मनाइरहेका छन्। विसं १९४२ कात्तिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दले किरात धर्म, भाषा, लिपि, संस्कार र संस्कृति संरक्षणमा ठूलो योगदान पुर्याएका थिए।
समाज सुधारका लागि उनले “सत्य धर्म मुचुल्का” नामक नीति विसं १९८८ वैशाख २४ गते जारी गरेका थिए। विसं २००५ मा निधन भएका फाल्गुनन्दलाई सरकारले विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापालगायत जिल्लामा साथै राजधानी काठमाडौंमा पनि किरात समुदायले आज विशेष कार्यक्रम आयोजना गरी महागुरुको सम्झना गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे