• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

११ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१४ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

१४ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१५ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

१६ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

१६ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

१६ घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

१६ घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

१६ घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

१६ घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

१७ घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० माघ १, सोमबार (२ साल अघि)

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ( फेकन) को १३ औँ वार्षिक साधारण सभा सम्पन्न

  • 1,940 Views
  • काठमाडौँ, १ माघ । परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १३ औँ वार्षिक साधारण सभा राजधानीको गैरीधारा स्थित सिल्भर ओक बैक्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको छ। परामर्श व्यवसाय क्षेत्रमा छलफल गर्दै उक्त साधारण सभाले मुख्य एजेन्डाका रूपमा नेपाललाई शैक्षिक हब बनाउन पहल गर्ने प्रतिबद्धता गरेको छ।फेकन अध्यक्ष राजु निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी प्रमुख अतिथिका रूपमा रहेकी थिइन्। कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटि भल्क, नेपाल सरकारका उपसचिव तथा शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सिमान्त कोइराला, अस्ट्रेलिया स्थित एनएसडब्लु राज्यका पूर्व महावाणिज्य दूत दिपक खड्का, काठमाडौँ विश्वविद्यालयका सह(प्राध्यापक निर्मलमणि अधिकारी, आइडिपी तथा ब्रिटिस काउन्सिलका प्रतिनिधि आदि उपस्थित थिए। त्यस्तै कार्यक्रममा विभिन्न छाता संगठनका प्रतिनिधि, विभिन्न शैक्षिक संस्था तथा साझेदारहरूका प्रतिनिधि तथा अन्य आमन्त्रित व्यक्तिहरू अतिथिका रूपमा रहँदा फेकन सदस्य परामर्श व्यवसायीहरूको बाक्लो उपस्थिति कार्यक्रममा रहेको थियो।
    कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै फेकनका वरिष्ठ उपाध्यक्ष उमेश कुश्वारले फेकनको स्थापना काल देखि हालसम्म खेलेका भूमिकाको बारे संक्षिप्त चर्चा गरे। उनले संस्थालाई यहाँसम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए। कुश्वारले विभिन्न ठाउँ र समयमा संस्थाले लिएको नेतृत्वदायी भूमिका बारे उपस्थित सबैलाई स्मरण गराउँदै अब संस्थाले प्राथमिकताका साथ उठाउन लागेको नेपाललाई शैक्षिक हब बनाउने अभियानमा साथ दिन सम्बद्ध सबैलाई अपिल गरे।

    कार्यक्रम सञ्चालक तथा संस्थाका महासचिव छविन्द्र ओझाले पनि उपस्थित अतिथिलाई संस्थाले सुरु गर्न लागेको शैक्षिक हब बनाउने अभियान बारे जानकारी गराउँदै सबैलाई रचनात्मक सल्लाह, सुझाव र आवश्यक सहयोगका लागि अपिल गरे।

    कार्यक्रमलाई सम्बोधन गर्दै फेकनका पूर्व अध्यक्ष युवराज कटवालले अस्ट्रेलियन राजदूत सहित सबै उपस्थित अतिथिलाई फेकनका तर्फबाट धन्यवाद दिए। उनले फेकन स्थापनाको पृष्ठभूमि देखि परामर्श व्यवसाय क्षेत्रमा हाल देखिएका समस्यारचुनौतीहरूको समेत चर्चा गरे। कटवालले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यले नीति निर्माण तहबाट गर्नुपर्ने केही कामहरू बारे शिक्षा राज्यमन्त्रीलाई सुझाव समेत दिए। उनले परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित पेसा बनाउने तर्फ गम्भीर हुन सबै परामर्श व्यवसायीहरूलाई अपिल गरे।

    कार्यक्रमकी विशेष अतिथि नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटि भोल्कले आमन्त्रण गरेकोमा आयोजकलाई धन्यवाद दिइन्। उनले आज अस्ट्रेलियामा ६०००० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको र आफू सन् २०२१ को जनवरीमा आएदेखि शिक्षा क्षेत्रमा भएको अन्तर्राष्ट्रिय विद्यार्थीको समन्वय र सहकार्यले नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध अझै प्रगाढ भएको पाएको उल्लेख गरिन्। नेपाल अस्ट्रेलिया सम्बन्ध अब जन जनमा पुगिसकेको र यो हरेक दिन बलियो हुँदै गएको उनको भनाई थियो। अस्ट्रेलियामा सबैभन्दा छिटो बढ्दै गएको समुदायमा नेपाली समुदाय रहेको उल्लेख गरेकी उनले शैक्षिक गन्तव्यका रूपमा अस्ट्रेलियामा नेपाली विद्यार्थी तानिनुमा सांस्कृतिक, सामाजिक तथा जीवनशैली जस्ता तिन मुख्य कारण रहेको बताइन्। अस्ट्रेलियाको शैक्षिक प्रणालीले विश्वभर कमाएको ख्याति र शिक्षा पश्चात्को रोजगारी सुनिश्चितताले पनि नेपाली विद्यार्थीहरू अस्ट्रेलिया तिर आकर्षित हुने गरेको उनले बताइन। नेपाल बाट जाने अन्तर्राष्ट्रिय विद्यार्थीको हितका लागि कूटनीतिक तह बाट नेपाल र अस्ट्रेलियाले गरेको विभिन्न प्रयासहरूको चर्चा गरेकी उनले नेपाल बाट विदेश जानेहरूले ब्रेन ड्रेन मात्रै हुने नभई ब्रेन ट्रेन पनि हुने उल्लेख गरिन्। उनले विदेश बाट अध्ययन पुरा गरेकाहरू स्वदेश फर्किएर सिप अनुसारको काम गर्नुपर्ने र नेपाल सरकारले त्यस अनुसारको वातावरण बनाउनुपर्ने बताइन्। उनले फेकनको १३ औँ वार्षिक साधारण सभालाई सफलताको शुभकामना दिइन्।
    कार्यक्रममा नेपाललाई शैक्षिक हब बनाउनुपर्छ भन्ने अभियानमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट प्रयासरत भाषा तथा सञ्चार विभाग प्रमुख डा निर्मलमणि अधिकारीले त्यसका लागि आजसम्म नेपालका तर्फबाट भएका प्रयास, हालको अवस्था र अब गर्नुपर्ने कामहरूका बारे चर्चा गरे। उनले लगभग १३५ विदेशी विद्यार्थीहरू काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत रहेको भन्दै केही विषयहरू अध्ययनका लागि नेपाल सबैभन्दा उपयुक्त ठाउँ भएको बताए। विभिन्न उदाहरणहरू प्रस्तुत गर्दै उनले नेपाल शैक्षिक हब बन्न सक्ने हुँदा यस तर्फ फेकन जस्तै सबैले आ(आफ्नो ठाउँ बाट सकारात्मक प्रयास थाल्नुपर्ने उल्लेख गरे।

    कार्यक्रममा विभिन्न क्षेत्र बाट फेकनलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

    कार्यक्रममा एकाका अध्यक्ष किशोर तिवारी, आइरिनका अध्यक्ष हेमन्त भट्टराई, नेकाका सचिव सुबेन्द्र थापा लगायतले परामर्श व्यवसायको हालको अवस्था, देशका लागि यसको योगदान र यो क्षेत्रले भोगिरहेका विभिन्न समस्याहरू बारे चर्चा गरेका थिए। त्यस्तै फेकनका संस्थापक अध्यक्ष मान बहादुर राई र निवर्तमान अध्यक्ष वासुदेव नेपालले फेकनले घोषणा गरेको नेपाललाई शैक्षिक हब बनाउन पहल गर्ने अभियानलाई कार्यान्वयनमा लान सके अत्यन्तै फलदायी काम हुने भन्दै शुभकामना दिए।

    अस्ट्रेलिया स्थित एनएसडब्लु राज्यका पूर्व महावाणिज्य दूत दिपक खड्काले फेकनको १३ औँ वार्षिक साधारण सभालाई शुभकामना दिँदै अस्ट्रेलियाको शैक्षिक प्रणाली, नेपाली विद्यार्थीको अवस्था र नेपाललाई शैक्षिक हब बनाउने सन्दर्भ बारे आफ्नो विचार व्यक्त गरे।

    नेपाल सरकारका उपसचिव तथा शैक्षिक परामर्श प्रमाणीकरण शाखा प्रमुख सिमान्त कोइरालाले फेकनको साधरणसभालाई शुभकामना दिए। उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने र त्यसका लागि उपयुक्त ऐन बन्नुपर्ने धारणा राखे। कार्यक्रममा व्यवसायीहरूले राखेका समस्याहरूको समाधानका लागि आफ्नो पहल रहने उनको भनाई थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले फेकनले देशको शैक्षिक विकासका लागि सकारात्मक प्रयास थालेकोमा धन्यवाद दिइन्। उनले शिक्षाको विकास बिना कुनै पनि देशको उन्नति हुन नसक्ने भन्दै नेपाललाई शैक्षिक हब बनाउन प्रयास गर्ने घोषणा गरेकोमा सम्पूर्ण फेकन परिवारलाई धन्यवाद दिइन्। परामर्श व्यवसाय क्षेत्रले व्यहोरिरहेको सबै समस्याहरू बारे आफू अवगत रहेको भन्दै उनले ती समस्याहरू समाधानका लागि मन्त्री स्तरीय पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। शिक्षामा रहेका तमाम समस्याहरू समाधान गर्ने तर्फ नेपाल सरकार प्रयासरत रहेको भन्दै उनले शैक्षिक हब बनाएर विदेशी विद्यार्थी भित्राउने योजनामा पनि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने उनले बताइन्।

    औपचारिक कार्यक्रमको खुला सत्रलाई समापन गर्दै कार्यक्रमका सभापति तथा फेकन अध्यक्ष राजु निरौलाले १३ औँ वार्षिक साधारण सभालाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले संस्थालाई नेतृत्व गरेर यहाँसम्म ल्याउने सबैलाई धन्यवाद दिँदै फेकनको यो कार्यसमिति निर्वाचित भएर आएपछि संस्था आजसम्मकै सबल अवस्थामा पुगेको र त्यसलाई अझै बलियो बनाउने तर्फ आफूहरू केन्द्रित रहेको भनाई राखे। विभिन्न प्रतिकुल परिस्थितिमा फेकनले उचित कदम चालेर साना व्यवसायीको हक हितका लागि अधिकतम काम गरेको उनले उल्लेख गरे। राज्यले परामर्श व्यवसायीलाई नियमन गर्न नसकेको र सबैलाई एउटै डालोमा राखेर धारणा बनाउने गरेको र गरेको योगदान बिर्सिएर पैसा बाहिरिएको गलत तथ्यांक दिने गरेको आरोप लगाए। निरौलाले विभिन्न विषय अध्ययनका लागि नेपाल सर्वोत्कृष्ट गन्तव्य भएको भन्दै परामर्श व्यवसायी विदेश पठाउन मात्रै होइन उपयुक्त नीति नियम भए नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याएर नेपाललाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्न समेत तयार छन् भन्ने सन्देश संस्थाले दिन चाहेको बताए। यो अभियानमा उपयुक्त वातावरण बनाएर सहयोग गर्न राज्यलाई अपिल गर्दै उनले साधरणसभाको अन्त्य भएको घोषणा गरे।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    ११ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    १४ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    १४ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    १५ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    १६ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    १६ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    १६ घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    १६ घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    १६ घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution