
।काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवाप्रदायकहरूमार्फत इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका बेला मिति २०८२ साल आषाढ २४ गते बिहान १:३० बजेबाट एक सेवाप्रदायकको नेटवर्कमा उत्पन्न प्राविधिक समस्याका कारण इन्टरनेट सेवामा अस्थायी अवरोध उत्पन्न भएको छ।
सेवामा आएको अवरोधका कारण सम्पूर्ण इन्टरनेट ट्राफिकहरू वैकल्पिक सेवाप्रदायकमार्फत सञ्चालन गर्नुपरेको हुँदा उक्त लिङ्कमा अत्यधिक चाप परेको र त्यसको प्रत्यक्ष असरले नेपाल टेलिकमको इन्टरनेट गतीमा समस्या देखिएको कम्पनीले जनाएको छ। हाल समस्या समाधानका लागि आवश्यक प्राविधिक पहलहरू तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिइएको छ।
टेलिकमले यस अप्रत्याशित परिस्थितिका कारण आफ्ना ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति गहिरो दुःख व्यक्त गर्दै छिटोभन्दा छिटो सेवा पुनःस्थापना गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। कम्पनीले सेवा सुचारु गर्न आफ्ना सम्पूर्ण स्रोत साधन परिचालन गरी समस्या समाधानमा जुटेको समेत जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे