
काठमाडौँ , ९ फागुन । हरिवंश आचार्यको बहुप्रतिक्षित चलचित्र भूठान को टिजर सार्वजनिक भएको छ। भूठान शब्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराइरहेको वा परिवर्तन भइसकेको स्थानलाई जनाउँछ। ओ.एस.आर डिजिटलबाट सार्वजनिक टिजरमा हरिवंश आचार्य नयाँ अवतारमा देखिएका छन्, जसमा उनले अमेरिकामा बसोबास गर्ने भुटानी आप्रवासीको भूमिका निभाएका छन्। उनको पात्र गम्भीर र विक्षिप्त बनेको देखिन्छ।
टिजरमा दयाहाङ र जोयश पाण्डे दाजुभाइको भूमिकामा बाबुको लाशलाई गाड्ने कि जलाउने भन्ने बारे वादविवाद गर्दै छन्, जुन चलचित्रको कथा र संघर्षलाई रोचक बनाउँछ। रिचा घिमिरे समलैंगिक सम्बन्ध थाहा पाएपछि छोरीलाई हकार्दै गरेको आमा पात्रको भूमिकामा प्रस्तुत छन्।
हलिउडका अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली चलचित्रमा देखिएका छन्। यस चलचित्रको छायांकन सुसन प्रजापतिको छ, जसले यसलाई उच्च सिनेमेटिक स्तरमा पुर्याएको छ। निर्देशक विनोद पौडेलको यो दोस्रो चलचित्र हो, जसले भुटानी आप्रवासीको अनुभव र परदेशमा बसोबास गर्ने सबै आप्रवासीको पीडा प्रस्तुत गरेको छ। यो चलचित्र २०८२ सालको वैशाख १२ मा प्रदर्शनमा आउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे