
काठमाडौँ, माघ १५। सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजले संयुक्त रुपमा एजेन्ट रिक्ग्नाईजेसन कार्यक्रमको आयोजना गरेको छ ।
विशेषगरी सहज र असहज दुवै परिस्थितीमा आफ्ना विद्यार्धीहरुलाई भर्ना तथा अध्ययन गराएको विषयको उच्च सम्मान गर्दै सो कार्यक्रमको आयोजना गरिएको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टकी पिईओ रञ्जु थापा वाग्लेले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा ईक्यानका आईपीपी विष्णुहरि पाण्डे, एरीका अध्यक्ष महेशबाबु तिमल्सिना, नायरका उपाध्यक्ष डा. उद्धव बहादुर थापा, नेकाका अध्यक्ष सन्तोष प्याकुरेल, फेकनका सचिव छवि ओझा लगायत विभिन्न शैक्षिक परामर्श क्षेत्रका दिग्गज व्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।
होटल र्याडिसनमा आयोजना भएको उक्त कार्यक्रममा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजलाई भविष्यमा पनि उत्तरोत्तर प्रगतीको कामना गर्दै एरीका अध्यक्ष महेशबाबु तिमल्सिनाले शुभकामना व्यक्त गर्नुभयो ।
शुभकामना सन्देशकै क्रममा ईक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले आफू सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेज दुवै कलेजहरुको भ्रमण गरेको र उक्त कलेजहरुले लगभग हायर एजुकेशन र कुनै यूनिभर्सिटीको स्टडी क्याम्पस जस्तै पूर्वाधारहरुको पूर्णरुपमा व्यवस्था मिलाईएका सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजलाई भविष्यमापनि यस्तै गुणस्तरिय शैक्षिक वातावरण तर्जुमा गर्दै अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई सेवा प्रदान गर्न उत्प्रेरणा प्रदान गर्नुभयो ।
शुभकामना मन्त्व्यकै क्रममा नायरका उपाअध्यक्ष डा. उद्धव बहादुर थापाले कलेजहरुको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।
त्यस्तैगरि शुभकामना मन्त्व्यकै क्रममा नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले विदेशमा गएर अन्य कलेजहरुमा विद्यार्थीहरुलाई भर्ना गर्नु भन्दा नेपालीहरुकै कलेजमा विद्यार्थीहरुलाई भर्ना गर्नु धैरै तवरबाट सजिलो हुने जानकारी गराउनुभयो ।
फेकनका सचिव छवि ओझाले वैदेशिक अध्ययनको क्षेत्रमा रहेका विभिन्न समस्याहरुको बारेमा बताउँदै सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजले हालका दिनसम्म नेपाली कन्सल्टेन्सीहरुलाई न्याय गरेको भन्दै सो कलेजहरुको प्रगतिको कामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई भर्ना गराउने शैक्षिक परामर्श व्यवसायीहरुलाई सम्मान स्वरुप खादा, प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराईदिएकोमा अस्ट्रेलियन सिटी ईन्टरनेशनल कलेजका पिईओ नरेश थापाले धन्यवाद व्यक्त गर्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे