
ताप्लेजुङ । चौँरीको आक्रमणबाट एक स्विस नागरिक घाइते भएका छन्। फक्ताङलुङ गाउँपालिका–६ मा चरिरहेको चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका रोनाल्ड क्रिस्टोन घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उनी फलेबाट घुन्सातर्फ जाँदै थिए। क्रिस्टोन कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आएका हुन्। हाल उनलाई घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ। थप उपचारका लागि हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे