
काभ्रे।स्विस राजदूत डा. ड्यानिएल मेउलीले हालै धुलिखेल अस्पतालको क्लिनिकल बायोक्यामिस्ट्री विभागको अवलोकन गरेकी छन्। उक्त अवसरमा विभागमा नवस्थापित ‘Roche Integrated Cobas Pure System’ को अद्यावधिक जानकारी दिइएको थियो।

स्विस दूतावास, रोश डायग्नोस्टिक्स नेपाल (Diagnotech Support Pvt. Ltd.) को सहकार्यमा उपलब्ध गराइएको यो अत्याधुनिक प्रयोगशाला उपकरणले रोग पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। अस्पताल स्रोतका अनुसार, नयाँ एनालाइजरले परीक्षणको समय घटाउने, परिणामको शुद्धता वृद्धि गर्ने र उपचार प्रक्रियामा समयमै निर्णय लिन टेवा पुर्याउनेछ।
यो प्रणालीले प्रयोगशालाको कार्यप्रवाहलाई सुव्यवस्थित बनाउँदै विविध प्रकारका परीक्षणहरू सुलभ गराउनेछ। अस्पताल प्रशासनले यस कदमले स्वास्थ्य सेवा गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे