
काठमाडौँ, पुस ११ । मुलकको ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण आज हुनेभएको छ ।राष्ट्रपति कार्यालयका अनुसार दाहालको शपथ सोमबार दिउँसो ४ बजे हुनेछ ।
सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्ने बालकोट पुगेका थिए।प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर एक सय ६६ जना सांसदको समर्थन रहेको छ। प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थन रहेको छ । प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंह, प्रभु साह र किरण साहसहित १६९ सांसदले समर्थन गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे