
काठमाडौँ , ७ पुस | मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा निर्वाचित सांसदहरूले आज शपथग्रहण लिदैछन।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएकी थिइन् ।
शपथग्रहणलगत्तै ज्येष्ठ सदस्य राणाले संसद् सचिवालयमा सभामुखको पदभार ग्रहण गरी कार्यारम्भ गरे । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउने छन् । १२ बजे बस्ने सर्वदलीय वैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई सहभागी हुन संसद सचिवालयले आह्वान गरेको छ ।
प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० गरी कुल २७५ सांसदले शपथ लिदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे