
काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम ३ बजेका लागि तय भएको छ । यसअघि २ बजेका लागि तय भएको सो समय एक घण्टा ढिलो सारिएको हो ।
राष्ट्रपति कार्यालयको सूचना अनुसार आज दिउँसो ३ बजेका लागि शपथ ग्रहण कार्यक्रम सारिएको हो । राष्ट्रपतिको सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा। मदन परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे