
काठमाडौँ, १७ भाद्र। त्रिुभवन विश्वविद्यालयले भारतका विभिन्न चार वटा विश्वविद्यालयलाई दिइदै आएको समकक्षता स्थगन गरेको छ । त्रिविले एक सुचना प्रकाशित गर्दै भारतका सिंघानिया विश्वविद्यालय, मेवार विश्वविद्यालय, साइनाथ विश्वविद्यालय र लभ्ली प्रोफेसनल विश्वविद्यालयको इक्युभ्यालेन्स स्थगन गरेको हो ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्दैशक प्रा. डा. पारसनाथ यादवले भारतको विभिन्न राज्यमा रहेका विश्वविद्यालयहरुको सर्टिफिकेटमा विभिन्न त्रुटि देखिएकोले केही समयको लागी समकक्षता स्थगन गरीएको बताए । भारतीय यि चार विश्वविद्यालयहरुमा देखिएको त्रुटिहरु छानविन गर्नको ३ सदस्यीय छानविन समति बनाइएको र छानविन समितिले बुझाएको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने यादवले जानकारी दिए ।
‘ति विश्वविद्यालयबाट जारी सर्टिफिकेटहरुमा केही त्रुटि देखिएको छ । त्यसका लागी छानविन समिति बनाएका छौँ , छानविन समितिको प्रतिवेदनको आधारमा ति विश्वविद्यालयहरुलाई दिइदै आएको समकक्षता खारेज गर्नै, केही समय लगाउने तथा खुल्ला गर्नै भन्ने विषयमा निर्णय लिन्छौँ, ‘यादवले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे