
काठमाडौँ । आम जनता पार्टीका नेता ऋषि धमला ले जेन जेड आन्दोलनपछि सिर्जना भएको राजनीतिक अन्योल समाधान गर्न आफूले संवादको पहल गरेको दाबी गरेका छन्। पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले जेन जेड आन्दोलनपछि देशमा कर्फ्यु लागेर अवस्था जटिल बनेको बेला आफूले जेन जेड पक्षका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको बताए। उनका अनुसार उनले सुदन गुरुङ लगायतका नेताहरूलाई बोलाएर करिब सात घण्टा लामो वार्ता गरेका थिए।
धमलाले वार्तामा संविधान र लोकतन्त्र जोगाउँदै सहमति खोज्न सुझाव दिएको र मध्यमार्गी प्रस्ताव अघि सारेपछि सहमतिको वातावरण बनेको दाबी गरे। उनले यही प्रक्रियाबाट सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको जिकिर गरे। उनका अनुसार यस संवाद प्रक्रियामा प्रधान सेनापति र राष्ट्रपति पनि सक्रिय रहेका थिए। साथै, जेन जेड आन्दोलनले उठाएका विषयहरू आफूले पहिलेदेखि नै उठाउँदै आएको दाबी पनि उनले गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे