
काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओ मंगलबार बिहान कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो। कम्पनीले माघ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले करिब ५ लाख ७२ हजार कित्ता शेयर निष्कासन गरेको थियो। यस आइपिओमा ठूलो आकर्षण देखिँदा २४ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएका थिए। तीमध्ये २४ लाख ११ हजारभन्दा बढी आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
बाँडफाँड गोलाप्रथामार्फत गरिएको हो। यस प्रक्रियामा ५७ हजार २४३ जना लगानीकर्ताले १०–१० कित्ता शेयर पाएका छन्। बाँडफाँडपछि बाँकी रहेको १ कित्ता शेयर पनि सोही समूहका लगानीकर्तामाझ वितरण गरिएको छ। यसरी एक जना भाग्यमानी लगानीकर्ताले कुल ११ कित्ता शेयर पाएका छन्।
अधिक आवेदन परेकाले अधिकांश आवेदकले शेयर नपाए पनि केही हजार लगानीकर्ताले भने सूर्यकुण्ड हाइड्रोको शेयर हात पारेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे