
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न सञ्चारमाध्यमहरूमा आफ्नो सम्बन्धमा प्रकाशन तथा प्रसारण भएका तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी तथा सञ्चालकहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित, भ्रामक र आधारहीन समाचारहरू सार्वजनिक गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको हो ।
विज्ञप्तिमा कम्पनीले यस्ता भ्रामक समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, तथ्यहीन समाचार प्रकाशन तथा प्रसारणविरुद्ध कानुनी उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको छ।
कम्पनीले आमसञ्चारमाध्यमहरूलाई सत्यतथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिताको पालना गर्न आग्रह गर्दै सत्यतथ्य जानकारी बिना गलत समाचार नफैलाउन अनुरोध गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे