
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा रामबहादुर थापा ‘बादल’ ले दिएको अभिव्यक्तिप्रति सुरेन्द्र पाण्डे ले आपत्ति जनाएका छन्। बादलले संसद्मा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी को जितमा विभिन्न आन्तरिक र बाह्य शक्तिको भूमिका रहेको आरोप लगाएका थिए।
उनले विशेषत: नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ लगायतका संस्थाहरू र पात्रहरूले रास्वपाको जितमा निर्णायक भूमिका खेलेको आरोप लगाएका थिए। यसमा असहमति जनाउँदै पाण्डेले फेसबुकमा प्रतिक्रिया दिएका छन्। उनले अरूलाई दोष लगाएर आफ्नो कमजोरी लुकाउनु ठीक नभएको बताएका छन्।
उनका अनुसार अहिलेको अवस्था सिर्जना हुनुमा आफ्नै सरकारको कमजोरी पनि जिम्मेवार छ। उनले “हामी घेराबन्दीमा पर्यौं” भन्ने पुरानो सोच त्यागेर देशको आर्थिक सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे