
काठमाडौं – सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कार्यहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार र निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ। याम बहादुर लिम्बु र अन्यले दायर गरेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कार्य यथास्थितिमा राख्न आदेश दिएको हो।
गत बुधबार, न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने बारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई उपस्थित हुन आह्वान गरेको छ। निवेदनको प्रकृति र गम्भीरता अनुसार दुवै पक्षको छलफलपछि मात्र अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने बताउँदै न्यायाधीश सुवेदीले उक्त निर्णय गर्न २६ चैतको मिति तय गरेका छन्।
याम बहादुर लिम्बु र अन्यले पाथीभरामा केबलकार निर्माण गर्न रोक लगाउन र त्यससँग सम्बन्धित सबै निर्णय र कामहरू बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे