
काठमाडौँ , ६ पुस | नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेकामा आज सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्चको यो निर्णय गरेसँगै लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिने बाटो खुलेको छ।उनको सांसद पद खारेज नहुने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे