
काठमाडौँ । स्वास्थ्य सेवा विभागले रेविज (कुकुरले टोक्दा लाग्ने रोग) र सर्पदंशको उपचारमा प्रयोग हुने खोप र औषधिहरू सातै प्रदेशमा पठाएको छ। पछिल्लो समय देशभर यी औषधिहरू अभाव भएको समाचार आएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले तत्काल आपूर्ति मिलाउन निर्देशन दिएका थिए। त्यसैअनुसार विभागले प्रदेशका स्वास्थ्य केन्द्रहरूमा खोप र औषधिहरू पठाइसकेको छ।
रेविजविरुद्धको ५१,१८० भायल खोप पठाइएको छ। सबैभन्दा धेरै बागमती प्रदेशमा १०,०८० भायल खोप र १,००० भायल सर्पदंशविरुद्धको औषधि (भेनम) पुगेको छ। मधेस प्रदेशमा सर्पदंशको बढी समस्या हुने भएकाले त्यहाँ २,५०० भायल भेनम र करिब ५,००० भायल रेविजको खोप आपूर्ति गरिएको छ।
मन्त्रालयका अनुसार मागअनुसार अन्य प्रदेशहरूमा पनि औषधि पठाइएको छ र आगामी दुई महिनाभित्र अहिलेको चार गुणा बढी औषधि आपूर्ति गर्ने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे