
काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को नयाँ अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत चयन भएकी छन्। महासंघको १५औं महाधिवेशन पुस १३ गते हुने तय भएको छ, जसमा घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति गठन हुने पक्का भएको छ।
महासंघले जानकारी दिएअनुसार घिमिरेले यसअघि विभिन्न भूमिकामा रहेर क्यान महासंघको कामकाजमा योगदान दिएकी थिइन्।
नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया खुला गरिएको थियो। अध्यक्षसहित अधिकांश केन्द्रीय सदस्य पदमा सहमतिको प्रयास गरिएको महासंघले जनाएको छ।
क्यान महासंघको केन्द्रीय कार्यसमिति ४३ सदस्यीय हुने व्यवस्था छ, जसमा मनोनित सदस्यहरू पनि समावेश गरिनेछ। निर्वाचित सदस्यहरूले पदाधिकारीहरूको चयन गर्ने प्रणाली अवलम्बन गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे