
भक्तपुर । मध्यपुर थिमी नगरपालिका–बोडेमा प्रत्येक वर्ष नयाँ वर्षको अवसरमा वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा’ मनाइन्छ। करिब चार सय वर्ष पुरानो यो जात्रा बोडेको सांस्कृतिक र धार्मिक पहिचानको हिस्सा हो।
यस वर्ष २९ वर्षीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेड्दै परम्परा अगाडि बढाउनेछन्। उनका पिता बुद्धकृष्ण बाग श्रेष्ठले तीन वर्षअघि जिम्मेवारी छाडेका थिए, र त्यसअघि कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेका थिए।
जिब्रो छेड्ने व्यक्तिले व्रत बस्ने, शुद्ध रहनुपर्ने, अशुद्ध व्यक्तिसँग टाढा रहने, महिलालाई नछुने, नुन नखाने लगायत नियम पालना गर्नुपर्छ। जात्राको दिन उनी फलामको सुई वा सानो रड जिब्रोमा छेडेर नगर परिक्रमा गर्छन्।
यो परम्पराले देवी–देवताप्रति आस्था, मनोकामना पूरा हुने विश्वास र समुदायको एकताको प्रतीक देखाउँछ। हजारौं आन्तरिक–बाह्य पर्यटक हेर्न आउँछन्। स्थानीय तह र सुरक्षाकर्मीले जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन तयारी गरिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे