
काठमाण्डौ। ग्लोबल म्यानेजमेन्ट फाउन्डेशन (GMF) द्वारा आयोजित “स्टडी इन जापान” सूचना सत्र सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई विस्तृत जानकारी तथा परामर्श प्रदान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि मणि खड्का, निर्देशक, नागोया AIUEO इन्टरनेशनल स्कूल, KANKYU एकेडेमी (सेन्डाई), तथा JP Education (नागोया) ले जापानमा अध्ययनका अवसरहरू, प्रवेश प्रक्रिया, र छात्रवृत्तिका सम्भावनाहरूबारे गहन जानकारी दिनुभयो। उहाँले जापानमा अध्ययनका लागि आवश्यक तयारी तथा समायोजन प्रक्रिया सहज बनाउन GMF को महत्वपूर्ण भूमिका रहेको प्रशंसा गर्नुभयो।
GMF का निर्देशक नारायण प्रसाद सापकोटाले फाउन्डेशनको इतिहास तथा सफलताबारे प्रकाश पार्दै जापानी भाषा शिक्षाका लागि GMF ले उपलब्ध गराएको उत्कृष्ट शैक्षिक वातावरणको चर्चा गर्नुभयो। उहाँले GMF द्वारा संचालित जापानी भाषा कक्षा, JLPT, NAT, JSET तयारी कक्षा, तथा परामर्श सेवाहरूले विद्यार्थीहरूलाई लक्ष्य प्राप्तिमा मार्गदर्शन गरेको उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यार्थीहरूको अभिभावकसरह हेरचाह तथा परामर्श प्रदान गर्न फाउन्डेशन प्रतिबद्ध रहेको बताउनुभयो।
GMF को उच्च गुणस्तरीय शिक्षण प्रणाली र पर्याप्त पाठ्यसामग्रीले विद्यार्थीहरूलाई जापानी भाषा र संस्कृतिमा अभ्यस्त बनाउने विशेष सहयोग पुर्याएको छ। विशेष गरी, GMF का शिक्षकहरूको अनुभव र मार्गदर्शनले विद्यार्थीहरूलाई प्रभावकारी रूपमा भाषा सिक्न प्रेरित गरेको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले GMF द्वारा प्रदान गरिएको शिक्षण गुणस्तर, भाषा तयारी, तथा व्यक्तिगत परामर्श सेवाबारे सकारात्मक अनुभवहरू साझा गरे। उनीहरूले GMF को मार्गदर्शनले जापानमा अध्ययनको सपना साकार पार्न मद्दत पुगेको बताएका छन्।
GMF ले विद्यार्थीहरूलाई केवल भाषिक तयारीमा मात्र सीमित नराखी, जापानी शिक्षा प्रणाली, सांस्कृतिक भिन्नता, र समायोजन प्रक्रियामा आवश्यक परामर्श प्रदान गर्दै आएको छ। GMF को उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि सक्षम बनाउनु हो।
कार्यक्रममा मणि खड्का तथा नारायण सापकोटाले विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया र अवसरहरूबारे स्पष्ट जानकारी प्रदान गर्दै, उनीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो। GMF ले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै विद्यार्थीहरूलाई सशक्त पार्ने योजना बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे