
काठमाडौँ, १९ असार ।इ डी आई ग्लोबल एजुकेशनले विशेष गरी आफ्नो +२ शिक्षा पूरा गरेर क्यानाडा र अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई लक्षित गरी जुलाई ३, २०२३ मा आफ्नो कार्यालय परिसरमा इन्फर्मेसन सेसनको आयोजना गरेको छ।
उक्त कार्यक्रम्मा ECA (एजुकेशन सेन्टर अफ अष्ट्रेलिया) को प्रतिनिधित्व गर्दै इन्टरनेशनल रिक्रुटमेन्ट म्यानेजर सपना थपलियाले इच्छुक विद्यार्थीहरूको लागि अष्ट्रेलियामा उपलब्ध असङ्ख्य अवसरहरूको बारेमा छलफल गर्दै शैक्षिक परिदृश्यको बारेमा बहुमूल्य जानकारी प्रदान गर्नुभयो।
साथै, ATMC (अस्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज) का प्रतिनिधि श्री नारायण गौतमले ATMC द्वारा प्रदान गरिएका पाठ्यक्रमहरूको विस्तृत श्रृंखलाको बारेमा विस्तृत जानकारी गर्नुभयो।
एडमिट अफरको प्रतिनिधित्व गर्दै सिम्रन कौरले क्यानाडामा उपलब्ध अवसरहरूको बारेमा प्रकाश पार्दै क्यानडाको शिक्षा प्रणालीको बारेमा चर्चा गर्नु भयो।
समग्रमा, इ डी आई ग्लोबल एजुकेशन द्वारा आयोजित इन्फर्मेसन सेसनले विद्यार्थीहरूलाई क्यानडा र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने बारे जान्ने अवसर प्राप्त गरेको आयोजकले जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे