
काठमाडौं – अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूको सहजीकरण गर्न इन्लाइटन इन्टरनेसनल एजुकेशन द्वारा आयोजित ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ औपचारिक रूपमा सुरु भएको छ।
इन्लाइटन इन्टरनेसनल एजुकेशनकी कार्यकारी निर्देशक सिता भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै जापान, न्यूजिल्याण्ड, अमेरिका, बेलायत र क्यानडामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवश्यक परामर्श प्रदान गरिने बताएकी छिन्। उनले बुटक्याम्पमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पनि उल्लेख गरेकी छिन्।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको र पाँचवटा देशका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने भएकाले विद्यार्थीहरूलाई विदेश अध्ययन सम्बन्धी निर्णय लिन थप सहज हुने विश्वास लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे