
काठमाडौँ । आउँदै गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मदिराजन्य पदार्थको बिक्री र ओसारपसारमा कडाइ गरिएको छ। निर्वाचनलाई शान्त, निष्पक्ष र डररहित वातावरणमा सम्पन्न गर्न यो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार फागुन ९ गतेदेखि निर्वाचन नसकिँदासम्म साँझ ७ बजेपछि मदिरा बिक्री गर्न पाइने छैन। साथै, मौन अवधिमा मदिरा बिक्री पूर्ण रूपमा बन्द गरिनेछ। फागुन ११ देखि २४ गतेसम्म मदिरा ढुवानी र ओसारपसार पनि निषेध गरिएको छ।
निर्णय व्यवसायीहरूसँग छलफल गरेर गरिएको र उल्लंघन गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ। बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे