
काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनाव प्रचारप्रसारलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ आचारसंहिता प्रस्ताव गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले प्रचारका क्रममा अत्यधिक झण्डा प्रयोग रोक्न नयाँ व्यवस्था अघि सारेको हो। प्रस्तावित आचारसंहिता अनुसार राजनीतिक दलले आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउनेछन्।
दल वा उम्मेदवारको कार्यालयमा सीमित आकारको झण्डा र चुनाव चिन्ह राख्न पाइने भए पनि डिजिटल बोर्ड, फ्लेक्स, श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ। घरदैलोमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने, बाजागाजा र झाँकी निषेध गरिने व्यवस्था गरिएको छ। साथै अनलाइन, टिभी, एटिएम, सवारी साधन र भित्तेलेखनमार्फत प्रचार गर्न नपाइने प्रस्ताव गरिएको छ। आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने उद्देश्यले यस्तो व्यवस्था ल्याएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे