
काठमाडौँ, १९ भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तेस्रो दिन बयान दिन सिंहदरबार पुगेका छन्।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिलाई बयान दिन जबरा १ घन्टा ढिलो गरी सिंहदरबार पुगेका हुन्।यसअघि समितिले भदौ १५ र १६ मा जबरासँग बयान लिएको थियो। पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ६ प्रश्न सोधिएको थियो भने दोस्रो दिको बयानमा २ वटा प्रश्न मात्र सोधिएको छ ।सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ ।
बयानमा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए। आफूविरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आईरहेका छन् ।जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।
अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। सत्ता गठबन्धनका ९७ जना सांसदले जबराविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए । त्यसपछि उनी निलम्बित भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे