
एजेन्सि । श्रीलंकाका क्रिकेटर दानुष्का गुनाथिलाकालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।२९ वर्षीया एक महिलाले गुणतिलकाविरुद्ध उजुरी दिएकी छन् । प्राप्त जानकारीअनुसार उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसन मार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि गुनाथिलाकासँग भेटिन्, त्यसपछि बुधबार २ नोभेम्बरको साँझ उनले यौन दुव्र्यवहार गरेको आरोप लगाइएको छ’, न्यू साउथ वेल्स प्रहरीको बयानमा भनिएको छ।अस्ट्रेलियन प्रहरीका अनुसार बुधबार साँझ गुनाथिलाकाले ती महिलामाथि यौन दुव्र्यवहार गरेका थिए ।
उनीमाथि सहमति बिना यौन संभोगको चारवटा आरोप लगाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे